अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता
काठमाडाैं | असार २७, २०८१
तस्बिर फाइल
काठमाडौं: नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा हिजो साँझ भेटवार्ता भएको छ ।
कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण गरेर जाने सहमति भएसँगै भावी रणनीति तय गर्न शीर्ष तहमा छलफल गर्न भेटवार्ता भएको जानकारी बैठकमा सहभागी एक नेताले दिनुभयो ।
बैठकमा नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, रमेश लेखकलगायत सहभागी हुनुहुन्छ । यस बैठकले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन साँसदहरूको हस्ताक्षर, मन्त्रिपरिषदको गठन, सरकारमा कुन कुन राजनीतिक दललाई सहभागी गराउने भन्ने लगायतका विषयमा छलफल हुने सम्भावना छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको बैठकमा असार २८ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर नयाँ सत्ता समीकरणमा जाने निर्णय भएसँगै एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिनुका साथै एमालेबाट सहभागी मन्त्रीहरूले राजीनामा दिइसक्नु भएकोछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

